सिमरा महिला सहकारीद्वारा जीतपुरसिमरा अस्पताललाई एक सय थान ब्लाङ्केट हस्तान्तरण

सिमराः सिमरा महिला बचत तथा ऋण सहकारी संस्थाले नवजात शिशुका लागि एक सय थान बेबी ब्लाङ्केट हस्तान्तरण गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले जीतपुरसिमरा नगर अस्पताललाई ब्लाङ्केट हस्तान्तरण गरेको हो ।
संस्थाका पदाधिकारीले एक कार्यक्रमकाबीच अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश साहलाई ब्लाङ्केट हस्तान्तरण गरेका थिए । संस्थाले हस्तान्तरण गरेको उक्त ब्लाङ्केट नगर अस्पतालमा जन्म लिने नवजात शिशुका लागि वितरण गरिनेछ ।
सोही कार्यक्रममा नगर अस्पतालमा जन्मिएको शिशुलाई ब्लाङ्केट ओढाइएको थियो भने सुत्केरी महिलालाई अण्डा, हर्लिक्स वितरण गरिएको थियो ।
संस्थाकी अध्यक्ष मुना खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष अनिता लम्साल अधिकारीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण सचिव गिता शर्माले गरेकी थिइन् ।
सिमरा महिला सहकारीले प्रत्येक वर्ष अस्पताललाई ब्लाङ्केट हस्तान्तरण गर्दै आएको छ ।
