कांग्रेस बारा सभापतिमा राय विजयी, बुढाथोकी पराजित


eShilalekh

३० फाल्गुन २०७८, सोमबार २०:००

सिमरा: नेपाली कांग्रेस बाराको सभापतिमा राजेश राय यादव विजयी भएका छन् । सभापतिका अर्का प्रत्याशी शम्भु बुढाथोकीलाई ५१ मतको मतान्तरले पराजित गर्दै राय निर्वाचित भएका हुन् ।

कलैया उपमहानगरपालिकाको मेयर समेत रहेका यादव एक हजार दुई सय पाँच मत प्राप्त गर्दै नेतृत्वमा पुगेका हुन् । अर्का प्रत्याशी बुढाथोकीले एक हजार एक सय ५४ मत प्राप्त गरे । मतदानमा दुई हजार चार सय आठ मत खसेको थियो ।

लामो समयको रस्साकस्सीपछि दोस्रो चरणको निर्वाचनबाट नेतृत्व चयन भएको हो । यसअघि पहिलो निर्वाचनमा सभापतिका तीन उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत प्राप्त नगरेपछि दोस्रो चरणमा निर्वाचन भएको हो ।

पहिलो चरणको निर्वाचनमा रायले आठ सय ३३, बुढाथोकीले आठ सय ९ मत र रामानन्द यादवले सात सय आठ मत प्राप्त गरेका थिए । तीन उम्मेदवारमध्ये बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीच दोस्रो निर्वाचनमा प्रतिस्पर्धा भएको हो ।

पहिलो निर्वाचनमा तेस्रो भएका संस्थापन ईतर समुहका यादवले रायलाई सघाउने निर्णय गरेका थिए । यादवले रायलाई सघाउने निर्णय गरेपनि दोस्रो निर्वाचन प्रतिस्पर्धात्मक बनेको थियो ।

यस्तो छ राय र बुढाथोकीले क्षेत्रमा प्राप्त गरेको मतः

बारा क्षेत्र नं. १
राजेश राय यादव- ३०८
शम्भु बुढाथोकी- २४१

बारा क्षेत्र नं. २
राजेश राय यादव- ३९८
शम्भु बुढाथोकी- २६८

बारा क्षेत्र नं. ३
राजेश राय यादव- २८०
शम्भु बुढाथोकी-२९२

बारा क्षेत्र नं. ४
राजेश राय यादव- २८६
शम्भु बुढाथोकी- २०६

 

 

प्रतिक्रिया दिनुहोस्