सेण्ट अल्फोन्सास स्कुलमा ‘तेश्रो अल्फोन्सीयन कप’ शुरु

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका ४ औराहस्थित सेण्ट अल्फोन्सास स्कुलमा तेस्रो अल्फोन्सीयन कप फूटबल प्रतियोगिता शुरु भएको छ । विभिन्न १२ विद्यालयको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरीले गरेका थिए ।
प्रतियोगिताको उद्घाटन खेलमा चितवनको नवोदय स्कुल ३–१ ले बिजयी भएको छ । चितवनले आयोजक सेण्ट अल्फोन्सास स्कुललाई पराजित गरेको हो ।
प्रतियोगिता अन्तर्गत शनिबार तीन खेल हुनेछन् । पहिलो खेलमा विहान ११ बजे लोटस एकेडेमी र एकता स्कुल भिड्नेछन् भने दोश्रो खेलमा दिउँसो १ बदे सिमरा पव्लिक र पाथीभरा इङ्लिसबीच प्रतिस्पर्धा हुनेछ । यसैगरी दिउँसो ३ बजे हुने तेस्रो खेलमा सेण्ट जोन्स एकेडेमी र एक्स सर्भिसमेन चिल्ड्रेन एकेडेमी भिड्नेछन् ।
प्रतियोगितामा जीतपुरसिमराका पाथीभरा इङ्लिस स्कुल, अक्षरा पाठशाला, राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदन, ब्राईटर एकेडेमी, सेण्ट जोन्स स्कुल, लोटस एकेडेमी, एकता स्कुल, एक्स सर्भिसमेन चिल्ड्रेन एकेडेमी, सिमरा पव्लिक इङ्लिस स्कुल, चितवन खैरहनीको नवोदय स्कुल, वीरगन्ज परवानीपुरको लिटिल फ्लावर स्कुल र आयोजक विद्यालयको सहभागिता रहनेछन् ।
सेण्ट अल्फोन्सास स्कुलकी प्रिन्सिपल सिस्टर टेसाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा लोटस एकेडमीका संस्थापक रामप्रसाद अधिकारी, अल्पाईन अस्पताल सिमराका संस्थापक शिवकुमार शर्मा, घण्टीमाई सहकारीका सचिव त्रिलोक विक्रम शाह, नेकपा एमाले जीतपुरसिमरा २ का अध्यक्ष रवीन्द्र खकुरेल, नेपाल खेलकुद पत्रकार मञ्च बाराका अध्यक्ष सुनील गाउँले लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक श्याम दुतराजले गरेका थिए ।