जीतपुरसिमरामा अनेम संघको वडा अधिवेशन सम्पन्न


eShilalekh

१ चैत्र २०७८, मंगलवार १८:३३

सिमरा: जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ मा अखिल नेपाल महिला (अनेम) संघको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले अम्बिका घिमिरेको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन गरेको छ ।

भेलामा बोल्दै अनेम संघकी केन्द्रीय सदस्य कमला घिमिरेले सामाजिक रुपान्तरणमा महिलाको सहभागिता बलियो रुपमा देखिदै आएको बताईन् । समाजको हरेक क्षेत्रमा प्रतिनिधित्व गर्दै महिला अगाडी बढिरहेको भन्दै घिमिरले महिला सशक्तीकरणका लागि संघले विभिन्न काम गर्दै आएको बताईन् ।

कार्यक्रममा एमाले नेता मनोज पौडेलले एमालेप्रतिको बढ्दो आकर्षणले गठबन्धन आत्तिएको बताए । एमालेलाई जनताले दिएको साथले अब हुने चुनावमा देश एमालेमय हुने पौडेलको भनाई थियो ।

कार्यक्रममा एमाले बाराका सचिवालय सदस्य तारा कार्की, अमृतलाल श्रेष्ठ, जीतपुरसिमरा नगर संयोजक भोला अधिकारी, जिल्ला कमिटी सदस्य देवी सापकोटा, सुभद्रा न्यौपाने, अनिता चौधरी, रेनु रिमाल, गिता घले, कासिम हुसेनलगायतले मन्तब्य राखेका थिए ।

वडा नं. १ का अध्यक्ष ईश्वर थपलियाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण पार्वती कार्कीले गरेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्