बारा प्रहरीद्वारा लागूऔषध गाँजासहित तिन जना पक्राउ


eShilalekh

२३ माघ २०८१, बुधबार १४:१७

सिमराः बारा प्रहरीले लागूऔषध गाँजसहित बुधबार बिहान दुई महिला र एक पुरुषलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा प्रसौनी गाउँपालिका २ का अन्दाजी ५५ वर्षीय रम्भा देवी मुखिया, उनका छोरा ३८ वर्षीय जोगिन्द्र मुखिया र बिन्दवासीनी गाउँपालिका २ का ६० वर्षीय ममता देवी मुखिया रहेका छन् ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय प्रसौनी बागबाट प्रहरी निरिक्षक सुरेश राज भट्टको कमान्डमा खटिएको प्रहरी टोलीले प्रसौनी २ स्थित बजार क्षेत्रबाट भलुवही तर्फ पैदल जाँदै गरेको उनीहरुलाई खानतलासी गर्दा उनीहरुको साथबाट लागूऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकी रम्भादेवीको साथबाट अन्दाजी तिन किलो एक सय ४१ ग्राम, जोगेन्द्रको साथबाट अन्दाजी दुइए किलो ६४० ग्राम र ममता देवीको साथबाट अन्दाजी दुई किलो ६५९ ग्राम र ७९८ ग्राम झोलाबट गरी जम्मा ९ किलो २०० ग्राम लागूऔषध गाँजा बरामद गरिएको बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिएका छन् ।

बरामद भएका लागूऔषधसहित तिनै जनालाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्