रिकरभिङ नेपालको प्रदेश अधिवेशन सम्पन्न, अध्यक्षमा बर्मा सर्वसम्मत


eShilalekh

६ चैत्र २०७८, आईतवार २२:४८

सिमरा: लागुपदार्थ प्रयोगकर्तालाई समाजमा पुर्नस्थापना गराउन सक्रिय संस्थाहरुको संगठन रिकरभिङ नेपालको मधेस प्रदेश अधिवेशन सम्पन्न भएको छ । वीरगन्जमा सम्पन्न अधिवेशनले आस्था नेपालका अध्यक्ष गौरव बर्माको अध्यक्षतामा १३ सदस्यीय प्रदेश कमिटी गठन गरेको छ ।

कमिटीको महासचिवमा मकवानपुर रिकरभिङ समुह, सर्लाहीका सरोज सिंह, कोषाध्यक्ष सानो पाईलाका प्रतिनिधि राजकुमार तामाङ चयन भएका छन् । कमिटीको उपाध्यक्ष, सचिव पदमा भने प्रदेश कमिटीले मनोनित गर्ने बताइएको छ ।

अधिवेशनले निता फाउण्डेशनका विनय तामाङलाई केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन गरेको छ । प्रतिनिधि चयनका लागि भएको निर्वाचनमा तामाङ चयन भएका हुन् । निर्वाचनका लागि दिपु बर्माको अध्यक्षतामा निर्वाचन कमिटी चयन गरेको थियो । कमिटीमा भुषण क्षेत्री र सुशन लामा सदस्य रहेका थिए ।

रिकरभिङ नेपाल प्रदेशका अध्यक्ष सन्तोष थापाको अध्यक्षता र केन्द्रीय सदस्य अजित राईको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशन कमिटी गठन गर्दै लागुऔषध प्रयोगकर्तालाई समाजमा पुर्नस्थापना गराउनका लागि आवश्यक छलफल र रणनिति बनाएको छ ।

अधिवेशनमा नयाँ गोरेटो पुर्नस्थापना केन्द्रका राजकुमार लामा, मकवानपुर रिकभरिङ नेपाल बर्दिबासका एलेक्स कार्की, रिकभरिङ नेपाल बाग्मती प्रदेशका सन्दिप शाक्य, विश्वास पुर्नस्थापना केन्द्रका श्यामकुमार तामाङ, राईजिङ नेपालका सुवोध पौडेल, मनिला फाउण्डेशनका आयुश भुजेल, लालिमा फाउण्डेशनका सन्दर्भ आले, माया नेपालका उदयप्रसाद यादव, नयाँ मुस्कानका सन्तोषकुमार ठाकुरलगायतको उपस्थिती रहेको थियो ।

रिकरभिङ नेपाल मधेस प्रदेशका जटाशंकर गिरीको संयोजनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्