कलैया-वीरगन्ज सडकखण्डमा सुमोको ठक्करबाट एक युवकको मृत्यु

सिमरा: कलैया-वीरगन्ज सडकखण्डमा बिहीबार राति सुमोको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रसौनी गाउँपालिका-५ प्रस्टोकाका १९ वर्षीय अलोककुमार साह रहेका छन् ।
कलैया उपमहानगरपालिका-२३ स्थित गार्डेन भ्यु रिसोर्ट अगाडि वीरगन्जबाट कलैयातर्फ जाँदै गरेको ना १ ज ६४०३ नम्बरको सुमोले हिड्दै गरेका साहलाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका साहको उपचारका क्रममा एलएस न्यूरो अस्पतालमा मृत्यु भएको हो । घटनालगत्तै प्रादेशिक अस्पताल कलैया लगिएका साहलाई थप उपचारका लागि एलएस न्यूरो अस्पताल पुर्याइएको थियो ।
बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले सुमो र चालकलाई नियन्त्रणमा लिएको जानकारी दिएका छन् ।







