अनेमसंघ जितपुरसिमराको अध्यक्षमा लम्साल चयन


eShilalekh

९ चैत्र २०७८, बुधबार ०९:०४

सिमराः नेकपा एमाले निकट अखिल नेपाल महिला संघ जितपुरसिमरा उपमहानगरपालिकाको नगर कमिटीको प्रथम अधिबेशनले अनिता लम्साल अधिकारीलाई अध्यक्षमा चयन गरेको छ । सिमरामा सम्पन्न अधिवेशनले लम्सालको अध्यक्षतामा एक सय एक सदस्यीय नगर कमिटी गठन गरेको हो ।

अधिवेशनको उद्घाटन समारोहमा नेकपा एमाले केन्द्रीय सदस्य एवम् बारा जिल्ला सहईन्चार्ज सरस्वती देवी चौधरी, एमाले बाराका पूर्वअध्यक्ष देबनारायण चौधरी, उपाध्यक्ष टिना सुवेदी, एमाले बाराका नेता मनोज पौडेल प्रदेश कमिटी सदस्यहरु किशोर शर्मा, लक्ष्मी नेपाली,चयन गुरु», युवा नेता मोबिन आलम, महिला नेत्री कमला घिमिरे, जिल्ला कमिटी सदस्य भोला अधिकारी, अमृतलाल श्रेष्ठ, भरत घले, तारा कार्की ,कासिम हुसेन, देबि सापकोटालगायतले शुभकामना मन्तब्य राखेक थिए ।

लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण रेनु रिमालले गरेकी थिईन् भने स्वागत मन्तब्य मुना अधिकारीले राखेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्