जीतपुरसिमरामा कांग्रेसबाट निर्वाचित वडाध्यक्ष एमाले प्रवेश


eShilalekh

१० चैत्र २०७८, बिहीबार ११:४३

सिमरा: जीतपुरसिमरा उपमहागरपालिका वडा नं. २० का वडाध्यक्ष एवम् नेपाली कांग्रेसका नेता रसुल मिया नेकपा एमाले प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर मिया एमाले प्रवेश गरेका हुन् । मिया एमाले प्रवेश गर्न काठमाडौं पुगेका थिए ।

स्थानिय तहको निर्वाचनमा मिया नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । उनी नेपाली कांग्रेसका पुराना नेता हुन् । कांग्रेस निकट मुस्लिम संगठनको केन्द्रीय तहका नेता समेत रहेका मियाले अब देशमा एमालेको विकल्प नरहेको बताए ।

वर्तमान सरकारबाट आफू सन्तुष्ट नभएको भन्दै मियाले केपी ओलीको समृद्धि अभियानलाई सहयोग पुर्याउन एमाले प्रवेश गरेको बताए ।

आफुमात्र नभई आफ्नो वार्डको अधिकांश कांग्रेस कार्यकर्ता एमाले प्रवेश गर्ने मियाको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्