एमालेको जीतपुरसिमरा नगर अधिवेशन हुँदै, नेम्वाङले उद्घाटन गर्ने


eShilalekh

११ चैत्र २०७८, शुक्रबार ०९:०३

सिमरा: नेकपा एमाले जीतपुरसिमरा नगर कमिटीको प्रथम अधिवेशन शनिवार हुने भएको छ । सिमरास्थित थानीमाई वन समितिको सभाहलमा अधिवेशन हुने भएको हो ।

अधिवेशनको उद्घाटन एमालेका उपाध्यक्ष एवम् पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले गर्ने तयारी रहेको एमालेका नगर संयोजक भोला अधिकारीले जानकारी दिएका छन् । अधिवेशनका लागि एमालेले विहिवार तयारी वैठक समेत सम्पन्न गरेको छ ।

वैठकले प्रतिवेदन लेखनमा नगर संयोजक अधिकारी, स्वय्मसेवक तथा मञ्च व्यवस्थापनका लागि ईश्वर थपलिया, प्रतिनिधि व्यवस्थापनको जिम्मेवारी रविन्द्र खकुरेललाई दिने निर्णय गरेको छ । वैठकमा एमाले बाराका पूर्वअध्यक्ष एवम् प्रदेश कमिटी सदस्य देवनारायण चौधरी, जिल्ला सचिवालय सदस्य मनोज पौडेललगायत जिल्ला कमिटीका सदस्य, जनवर्गिय संगठनका प्रतिनिधि, उपमहानगरपालिका भित्रका वडाकमिटी अध्यक्षको उपस्थिती रहेको थियो ।

 वडा कमिटी र नगरभित्र रहेका जनवर्गिय संगठनका प्रतिनिधि सहभागी हुने अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ । अधिवेशन नजिकिएसंगै नगरको नेतृत्व लिने आकांक्षीले लबिङ सुरु गरेका छन् । नगर कमिटीको नेतृत्वका लागि यतिबेला नगर संयोजक अधिकारीसहित नारायण क्षेत्री, तारा कार्की, कासिम हुसेनको नाम चर्चामा छ ।

यसैगरी नगर कमिटीको सचिव पदमा पनि आकांक्षी धेरै देखिएका छन् । सचिव पदका लागि त्रिलोकविक्रम शाह, रविन्द्र खकुरेल, रत्न उप्रेती, झपेन्द्र बरालले दाबी प्रस्तुत गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्