सिमरा कलेजको चौथो सभा सम्पन्न


eShilalekh

११ चैत्र २०७८, शुक्रबार १६:०५

सिमरा: जीतपुरसिमरा उपमहानगरपालिका २ स्थित सिमरा कलेजको चौथो कलेज सभा शुक्रवार सम्पन्न भएको छ ।

सभाको बारा क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य एकवाल मिँयाले उद्घाटन गरेका थिए । सभालाई सम्बोधन गर्दै सांसद मिँयाले कलेजको विकासका लागि आफूले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

यसैगरी कार्यक्रममा संविधानसभा सदस्य जयराम दाहाल व्यवहारिक शिक्षामा जोड दिनुपर्ने बताए । मन्तब्यका क्रममा प्रदेश सभा सदस्य सुन्दर विश्वकर्मा र शोभा लामाले कलेजको पूर्वाधार निर्माणमा आफूहरुले समेत सहयोग गर्ने बताएका थिए ।

कार्यक्रममा कलेज विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरेको थियो । सिमरा कलेज सञ्चालन समितिका अध्यक्ष मदन बहादुर क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख भरतबहादुर श्रेष्ठ, सिमरा कलेजका संस्थापक अध्यक्ष भोला अधिकारी, नेकपा माओवादीका क्षेत्रबहादुर श्रेष्ठ अनिल, नेपाली काँग्रेसका नगर सभापति छवी शर्मा, एमालेका रविन्द्र खकुरेल, नेकपा एकीकृत समाजवादीका नगर संयोजक कृष्ण खनाल, राप्रपा नेपालका नगर संयोजक माधव त्रिपाठीलगायतले मन्तब्य राखेका थिए ।

कार्यक्रममा कलेज प्रमुख शालिकराम अधिकारीले शैक्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्