मधेश मिडिया काउन्सिलको अध्यक्षमा उपाध्याय नियुक्त

सिमराः नेपाल पत्रकार महासंघ बाराका पूर्वअध्यक्ष एवम् प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सचिव कमलकुमार उपाध्याय मधेश प्रदेश मिडिया काउन्सिलको अध्यक्षमा नियुक्त भएका छन् ।
मधेश प्रदेश सरकारको आइतबार बसेको मन्त्रीपरिषद् बैठकले उपाध्यायलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।उपाध्याय बाराबाट प्रकाशित हुने कृपाा दैनिकका प्रकाशक हुन् ।