टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सिमराः पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बागमती नगरपालिका १ पानीट्याङकी चोकमा शनिबार बिहान टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मलंगवा नगरपालिका १० का २१ वर्षीय मोहमद कैफ मिकरानीको रहेका छन् ।
बागमतीबाट बालुवा लोड गरेर हरिवनतर्फ जाँदै गरेको ना७ख ६३९१ नम्वरको टिपरले विपरीत दिशाबाट आईरहेको बा६६प ८४६० नम्वरको मोटरसाइकललाई ठक्कर दिएको हो । ठक्करबाट गम्भीर घाइते मिकरानीलाई स्थानीय अस्पतालमा उपचारका लागि लगिएको थियो । मिकरानीलाई हरिवनको नमूना अस्पताल सामान्य उपचार गरि थप उपचारका लागि वीरगन्ज ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार मलंगवा नगरपालिका १०, का २४ वर्षीय सुमितकुमार यादव गम्भीर घाइते भएका छन् । यादवको एलएस न्यूरो अस्पतालमा उपचार भईरहेको छ ।
मोटरसाइकललाई ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक किशोर तामाङले जानकारी दिएका छन् ।