सुवर्ण गाउँपालिकाद्वारा सडक दुर्घटनामा ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग


eShilalekh

१३ जेष्ठ २०८२, मंगलवार १७:११

सिमराः सडक दुर्घटनामा परी ज्यान गुमाएका छोटेलाल कुमार रामको परिवारलाई सुवर्ण गाउँपालिकाले सोमबार किरिया खर्च बापतको रकम प्रदान गरेको छ ।

गाउँपालिकाका अध्यक्ष राजेशप्रसाद यादवले मृतक रामको परिवारलाई २५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कवही गोठबाट गत जेठ ८ गते बिहीबार बिहान पढेर घर फर्किने क्रममा रामलाई मोटरसाईकलले ठक्कर दिदा उनी गम्भीर घाइते भएका थिए ।

उनको उपचारको क्रममा नेशनल मेडिकल कलेजमा बिहीबार राती मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्