एमालेले चयन गर्यो ८५ सदस्यीय नगर कमिटी, अध्यक्षमा अधिकारी


eShilalekh

२१ चैत्र २०७८, सोमबार ०१:४१

सिमरा: नेकपा एमाले जीतपुरसिमरा नगर कमिटी चयन भएको छ । एमालेको प्रथम नगर अधिवेशनबाट गठित अध्यक्ष मण्डलले आईतवार पाँच पदाधिकारीसहित ८५ सदस्यीय नगर कमिटी घोषणा गरेको हो ।

अध्यक्ष मण्डलले नगर कमिटीको अध्यक्षको जिम्मेवारी भोला अधिकारीलाई दिएको छ । जिल्ला कमिटी सदस्य समेत रहेका अधिकारी यसअघि नगर संयोजकको भूमिकामा रहेका काम गर्दै आएका थिए ।

अध्यक्ष मण्डलले कमिटीको उपाध्यक्षमा वीरेन्द्र गिरी, सचिवमा रत्नप्रसाद उप्रेती, उपसचिवमा त्रिलोक विक्रम शाह र झपेन्द्र बराललाई चयन गरेको छ । ३० महिलासहित एमालेले चयन गरेको जीतपुरसिमरा नगर कमिटीको सदस्यहरुको नामावाली निम्नानुसार रहेको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्