गठबन्धनलाई बहुमत प्राप्त हुन्छ: नेता नेपाल


eShilalekh

२६ चैत्र २०७८, शनिबार ०९:२७

कलैया: नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय निर्वाचनमा गठबन्धनलाई बहुमत प्राप्त हुने दावी गरेका छन् । बाराको कलैयामा शुक्रवार आयोजित कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले जनताको पक्षमा काम गरेकाले जनताले गठबन्धनलाई साथ दिने बताए ।

नेता नेपालले स्थानिय निर्वाचनमा गठबन्धनको पक्षमा पक्षमा मतदान गर्न समेत आग्रह गरेका छन् । संविधान र जनआन्दोलनलाई आत्मसात गर्दै गठबन्धन सरकारले काम गरेको उनको भनाई थियो । कार्यक्रममा उनले विभिन्न पार्टी परित्याग गरी समाजवादी रोजेकालाई स्वागत समेत गरेका थिए ।

नेकपा एकीकृत समाजवादी पार्टी बाराका अध्यक्ष सुन्दर बिश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय नागेन्द्र चौधरी, पोलिटब्युरो सदस्य दिनेश राई, केन्द्रीय सदस्य चमिना भट्टराई, केन्द्रीय निर्वाचन आयोग सदस्य एवम् मधेस प्रदेश सभा सदस्य सीता गुरुङ, जिल्ला प्रचार विभाग प्रमुख रमेश सुवेदीलगायत समाजवादीका नेताकार्यकर्ताको उपस्थिती रहेको थियो ।

यसअघि नेपालले जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका प्रतिनिधिसंग भेट गरेका थिए । भेटमा उद्योगी व्यवसायीले औद्योगिक करिडोर, अन्तर्राष्ट्रिय विमानस्थल, श्रम अस्पताल, पर्सा राष्ट्रिय निकुञ्जलगायतका विषयमा नेता नेपालसंग छलफल र ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्