बलान नदीमा डुबेर बेपत्ता भएका बालक मृत अवस्थामा फेला

सिमराः सिरहा र सप्तरीको सीमामा पर्ने बलान नदीमा डुबेर बेपत्ता भएका बालक मंगलबार बिहान मृत अवस्थामा भेटिएका छन् । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका ३ परियारपुरका १४ वर्षीय घनश्याम यादव मृत भेटिएका हुन् ।
यादव सोमबार बिहान नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए । उनको खोजिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र तालिम प्राप्त विपद् व्यवस्थापन टोली परिचालन गरिएको थियो ।
मंगलबार बिहान करिब ११ बजे पुलभन्दा करिब ५० मिटर दक्षिण नदीमा डुबिरहेको अवस्थामा बालक मृत फेला परेको ईलाका प्रहरी कार्यालय लहानका डीएसपी कैलाश राईले जानकारी दिए ।
घटनाबारे आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।