जनकपुरधाममा पत्रकारमाथि आक्रमण, प्रेस चौतारी नेपाल मधेस प्रदेशद्धारा भर्त्सना

जनकपुरधाम: मधेस प्रदेशको राजधानी जनकपुरधाममा मंगलबार नेपाल पत्रकार महासंघ मधेस प्रदेशका पदाधिकारी, सदस्य र केही पत्रकारमाथि कानून व्यवसायीहरूको समूहद्वारा भएको आक्रमणप्रति प्रेस चौतारी नेपाल मधेस प्रदेश समितिले भर्त्सना गरेको छ।
घटनामा महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बञ्जारा, उपाध्यक्ष ज्योति झा, महासचिव शैलेन्द्र महतो (क्रान्ति), पत्रकार दिवाकर राय, अनिलकुमार निराला र विनिता यादव घाइते भएका थिए । प्रेस चौतारी नेपाल मधेस प्रदेशका महासचिव दिवाकर भण्डारीले विज्ञप्ति जारी गरी घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा आवश्यक सहयोग र सहजीकरणका लागि नेपाल सरकार, मधेस प्रदेश सरकार र स्थानीय प्रशासनसँग माग गरेका छन् ।
२०८२ साउन १९ गतेको सम्झौताअनुसार काठमाडौं त्रिपुरेश्वरस्थित गुठी संस्थानको प्रधान कार्यालयबाट नेपाल पत्रकार महासंघ मधेस प्रदेशले लिजमा प्राप्त गरेको चार कठ्ठा जग्गा कब्जा गर्ने उद्देश्यसहित नेपाल बार एसोसिएसन धनुषाको नेतृत्वमा कानून व्यवसायीहरूको समूहले पत्रकारमाथि गरेको सामूहिक आक्रमणको प्रेस चौतारीले निन्दा गरेको छ ।
गुठी संस्थानमार्फत सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरी २० वर्षका लागि लिज सम्झौता भई औपचारिक रूपमा अधिकार प्राप्त गर्दै तारघेराको काम भइरहेको बेला भएको अवरोध र आक्रमणलाई प्रेस चौतारीले कानुनविपरीतको कार्य भएको ठहर गरेको छ। लिजमा प्राप्त जग्गालाई सुरक्षित गर्नको लागि तारघेरा गरिरहेको अवस्थामा सोही जग्गा कब्जा गर्ने नियतले भएको हस्तक्षेपलाई चौतारीले दुःखद् र खेदजनक भनेको छ।
प्रेस चौतारी नेपाल मधेस प्रदेश समितिले घटनाको निष्पक्ष छानबिन गरी पत्रकारमाथि हातपात गर्ने कानून व्यवसायीहरूलाई कानूनी दायरामा ल्याउन माग गरेको छ। साथै, मधेस प्रदेशका आठ जिल्लाका पत्रकारहरूको प्रादेशिक कार्यालय रहने गरी सोही जग्गामा सुविधा सम्पन्न भवन निर्माणको कार्यमा कुनै पनि अवरोध नगर्न अपिल समेत गरेको छ।क सहयोग र सहजीकरणका लागि नेपाल सरकार, मधेस प्रदेश सरकार र स्थानीय प्रशासनसँग माग गरेको छ।
२०८२ साउन १९ गतेको सम्झौताअनुसार काठमाडौं त्रिपुरेश्वरस्थित गुठी संस्थानको प्रधान कार्यालयबाट नेपाल पत्रकार महासंघ मधेस प्रदेशले लिजमा प्राप्त गरेको चार कठ्ठा जग्गा कब्जा गर्ने उद्देश्यसहित नेपाल बार एसोसिएसन धनुषाको नेतृत्वमा कानून व्यवसायीहरूको समूहले पत्रकारमाथि गरेको सामूहिक आक्रमणको प्रेस चौतारीले निन्दा गरेको छ ।
गुठी संस्थानमार्फत सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरी २० वर्षका लागि लिज सम्झौता भई औपचारिक रूपमा अधिकार प्राप्त गर्दै तारघेराको काम भइरहेको बेला भएको अवरोध र आक्रमणलाई प्रेस चौतारीले कानुनविपरीतको कार्य भएको ठहर गरेको छ। लिजमा प्राप्त जग्गालाई सुरक्षित गर्नको लागि तारघेरा गरिरहेको अवस्थामा सोही जग्गा कब्जा गर्ने नियतले भएको हस्तक्षेपलाई संस्थाले दुःखद र खेदजनक भनेको छ।
प्रेस चौतारी नेपाल मधेस प्रदेश समितिले घटनाको निष्पक्ष छानबिन गरी पत्रकारमाथि हातपात गर्ने कानून व्यवसायीहरूलाई कानूनी दायरामा ल्याउन माग गरेको छ। साथै, मधेस प्रदेशका आठ जिल्लाका पत्रकारहरूको प्रादेशिक कार्यालय रहने गरी सोही जग्गामा सुविधा सम्पन्न भवन निर्माणको कार्यमा कुनै पनि अवरोध नगर्न अपिल समेत गरेको छ।
