सप्तरीमा पत्रकार यादवमाथि चक्कु प्रहार


eShilalekh

३० श्रावण २०८२, शुक्रबार १२:५८

सप्तरी: सप्तरीको राजविराजमा नयाँ पत्रिका दैनिकका संवाददाता सौरभ यादवमाथि शुक्रबार बिहान आक्रमण भएको छ। गजेन्द्रनारायण सिंह अस्पतालको दक्षिण गेट अगाडि तीन जनाको समूहले चक्कु, बेल्ट र हेलमेट प्रयोग गरी यादवमाथि प्रहार गरेको हो।

टाउको र शरीरमा चोट लागेका यादवको सोही अस्पतालमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसी जितेन्द्र बस्नेतले आक्रमणमा संलग्नमध्ये एकजनाको पहिचान भइसकेको छ र खोजी भइरहेको बताए । उनले कानुनअनुसार आवश्यक कारबाही हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्