सर्लाहीमा गोली प्रहार गरी शिक्षकको हत्या


eShilalekh

३० श्रावण २०८२, शुक्रबार २२:३५

सर्लाही: सर्लाहीको हरिपुर्वा नगरपालिका ६ मा शुक्रबार राति अज्ञात समूहको गोली प्रहारबाट एक शिक्षकको हत्या भएको छ।

हत्या भएका व्यक्ति करिब ५० वर्षीय रामपुकार यादव हुन्। सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी सरोज राईका अनुसार राति साढे ८ बजेतिर मोटरसाइकलमा आएका हतियारधारीले यादवमाथि गोली प्रहार गरेका थिए।

गम्भीर घाइते यादवलाई उपचारका लागि महोत्तरीको रामगोपालपुरस्थित जानकी एकेडेमिक हस्पिटल लैजाँदै गर्दा बाटैमा उनको मृत्यु भएको डिएसपी राईले बताए। अस्पताल पुगेपछि पनि उनी मृत अवस्थामा नै पुगेको अस्पतालका सञ्चालक डाक्टर सुरेन्द्र यादवले पुष्टि गरे।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्