सम्झौता टोलमा एमालेको भेला सम्पन्न


eShilalekh

३० चैत्र २०७८, बुधबार ०९:२९

सिमरा: नेकपा एमाले जितपुरसिमरा उपमहानगरपालिका २ स्थित सम्झौता टोलमा नेकपा एमालेको भेला सम्पन्न भएको छ । सिमरास्थित वन बाटिका भेला सम्पन्न भएको हो ।

भेलालाई सम्बोधन गर्दै एमाले बाराका सचिवालय सदस्य मनोज पौडेलले विकास र समृद्धिका लागि एमालेको जीत आवश्यक रहेको बताए । नगर र वडाको समग्र विकासका लागि एमालेका सवै उम्मेदवार जित्न आवश्यक रहेको भन्दै पौडेलले एमालेको पक्षमा मतदान गर्न सबैलाई आग्रह गरे ।

भेलामा वडा नं. २ का सचिव श्रीराम रेग्मीलगायतले मन्तब्य राखेका थिए । वडा कमिटी अध्यक्ष रविन्द्र खकुरेलको अध्यक्षतामा सम्पन्न भेलामा वडा नं. २ का सदस्य धनबहादुर श्रेष्ठ, समाजसेवी कृष्ण रिमाल, राम कार्की, वडाका उपसचिव सुर्य पौडेललगायतको उपस्थिती रहेको थियो ।

भेलाले लक्ष्मी राईको अध्यक्षमा ३१ सदस्यीय सम्झौता टोल कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा सुजन बिक, सचिवमा चमेली ठकुरी, उपसचिमा शर्मिला लामा र शान्ति लामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्