राजविराज विमानस्थलबाट ३५ हजार साउदी रियालसहित एक जना पक्राउ


eShilalekh

२ भाद्र २०८२, सोमबार १३:३०

सप्तरीः प्रहरीले राजविराज विमानस्थलबाट सोमबार ठूलो मात्रामा अवैध विदेशी मुद्रासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका ११ का ३३ वर्षीय मोहमद खुर्सिद आलम रहेका छन् ।

राजविराजदेखि काठमाडौं यात्रा गर्न लागेका आलमलाई विमानस्थलमा खटिएको प्रहरीले जाँच गर्दा उनीसँग स्रोत नखुलेको ३५ हजार नौ सय ७६ साउदी रियाल बरामद भएको प्रहरी उपरीक्षक गौतमकुमार केसीले जानकारी दिए ।

उक्त रकमको वैधता प्रमाणित गर्न नसकेपछि आलमलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ ।

बरामद रकमसहित उनलाई आन्तरिक राजस्व कार्यालय इटहरीमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्