वीरगन्जको बालसुधार गृहमा सात दिने मैनबत्ति बनाउने तालिम सम्पन्न


eShilalekh

२ भाद्र २०८२, सोमबार १४:४६

सिमराः वीरगन्जको बालसुधार गृहमा सात दिने मैनबत्ति बनाउने तालिम सम्पन्न भएको छ ।

सानोपाइलाको आयोजना तथा प्रकाश प्रोजेक्टको सञ्चालनमा मैनबत्ति बनाउने तालिम सम्पन्न भएको हो । क्वेष्ट फर्माको आर्थिक सहयोगमा सम्पन्न तालीमको पहिलो चरणमा बालसुधार गृहमा रहेका १५ जना बालबालिका सहभागी भएका थिए ।

कार्यक्रममा बालबालिकालाई विभिन्न प्रकारका आकर्षक मैनबत्तिहरू बनाउन सिकाइएको थियो । आत्मनिर्भर र भविष्यमा उपयोगी हुने सीप प्रदान गर्ने उद्देश्यका साथ तालिम संचालन गरिएको आयोजकले जनाएको छ ।

तालिमका प्रशिक्षक विपिन उपाध्यायले तालिममा सजावटी मैनबत्ति बनाउने तरिका, विभिन्न ढाँचाहरू तयार गर्ने, रंग संयोजन, मोम पगाल्ने प्रविधि जस्ता सीपहरू सिकाइएका थिए ।

जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बालसुधार गृहमा दिइएको उक्त तालिम बहुउपयोगी रहेको बताए । उनले बालबालिकालाई आत्मविश्वास दिलाउने, व्यवहारिक सीप सिकाउने र जीवनमा अघि बढ्न यस्तो तालिमले प्रेरित गर्ने विश्वास व्यक्त गरे ।

समापन समारोहमा प्रकाश प्रोजेक्टकी संयोजक सुस्मा गौतम, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी प्रमुख निरोज चौलागाईं, सानोपाइला संस्थाका कार्यक्रम संयोजक राजकुमार तामाङ, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी गौतम मिश्र, नेपाल इनोभेटिभ सोसाइटी वीरगन्जका अध्यक्ष कमल चौगाई, क्वेष्ट फर्माका उमेश श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्