बाराका सिडियो अधिकारीको सरुवा, पौडेल आउँदै

सिमराः बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको सरुवा भएको छ । गृह मन्त्रालयले २६ जिल्लाका सिडियोको जिम्मेवारी हेरफेर गर्ने क्रममा बाराका अधिकारीलाई सिरहा सरुवा गरेको हो ।
अधिकारीको स्थानमा प्रकाश पौडेल आउने भएका छन् । पौडेल हाल चितवनका प्रमुख जिल्ला अधिकारी हुन् ।
यसैगरी पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको गृह मन्त्रालयमा सरुवा गरिएको छ । अर्यालको स्थानमा हाल पाल्पाका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीलाई सरुवा गरिएको छ ।