सिमरामा रास्वपाको तीज विशेष कार्यक्रम सम्पन्न


eShilalekh

५ भाद्र २०८२, बिहीबार २०:१४

सिमराः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जीतपुरसिमरा उपमहानगर समितिको आयोजनामा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ। प्रतिनिधिसभा सदस्य निशा डांगीको विशेष उपस्थितिकाबीच कार्यक्रम सम्पन्न भएको हो ।

सिमरास्थित माझाघरेको सभाहलमा भएको कार्यक्रममा महिलाहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा राष्ट्रिय स्तरका कलाकार बिन्दु कार्की र प्रदीप त्रिपाठीले प्रस्तुति दिएका थिए ।

कार्यक्रममा मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य कामिनी चौधरी, केन्द्रीय सदस्य प्रमिला कुलुजू, बागमती प्रदेश महिला संगठन विभाग उपप्रमुख स्वस्तिका लामिछाने, प्रदेश उपसभापति राधिका न्यौपाने, प्रदेश सहमहामन्त्री गणेश धिमालसहित जिल्ला, नगर, क्षेत्र तथा विभिन्न पालिकाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सामाजिक सद्भाव र सांस्कृतिक विविधताको साझा थलोका रूपमा लिएको रास्वपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्