जीतपुरसिमरामा एमाले निकट अनेम संघको तीज विशेष कार्यक्रम सम्पन्न

सिमराः नेकपा एमालेको जनसंगठन अखिल नेपाल महिला (अनेम) संघको आयोजनामा शुक्रबार तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । सिमरास्थित रोयल पार्टी प्यालेसमा आयोजित कार्यक्रमको उद्घाटन प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री ज्वालाकुमारी साहले गरेकी थिईन् ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वमन्त्री साहले आपसी सद्भाव बलियो बनाउन कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताईन् । कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवम् मधेश प्रदेशसभा सदस्य मञ्जु थापामगर, एमाले मधेस प्रदेश सचिव मनोज पौडेल, जीतपुरसिमरा उपमहानगरपालिका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, एमाले प्रदेश कमिटी सदस्य एवम् नगर इन्चार्ज सुभद्रा न्यौपाने, एमाले जीतपुरसिमरा नगर कमिटी अध्यक्ष त्रिलोक बिक्रम शाहलगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रममा एमाले मधेस कमिटी सदस्य एवम् प्रदेशसभा सदस्य देवनारायण चौधरी, एमाले मधेस प्रदेश सचिवालय सदस्य सुन्दर विक, प्रदेश कमिटी सदस्य सिता सुवेदीसहित जिल्ला, नगर, वडाका नेताकार्यकर्ताको सहभागिता रहेको थियो ।
अनेम संघ जीतपुरसिमराकी अध्यक्ष अनिता लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण निलिसा वर्माले गरेकी थिईन् । कार्यक्रममा एमाले मधेस प्रदेश कमिटी सदस्य एवम् जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १४ की वडाध्यक्ष चयन गुरुङले स्वागत मन्तव्य राखेकी थिईन् ।
हजारौंको संख्यामा महिलाहरुको उपस्थिति रहेको कार्यक्रममा कलाकार प्रतिभा सापकोटाको सांगितिक प्रस्तुति रहेको थियो । नेकपा एमाले जीतपुरसिमरा उपमहानगर कमिटीको सहयोग र संयोजनमा कार्यक्रम सम्पन्न भएको हो ।