नागरिकता (दोस्रो संशोधन) विधेयक २०८१ सर्वसम्मतले पारित


eShilalekh

६ भाद्र २०८२, शुक्रबार १९:०७

सिमराः राष्ट्रिय सभाले शुक्रबार नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक २०८१ सर्वसम्मत रुपमा पारित गरेको छ ।

प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा पुगेको विधेयक सर्वसम्मतिले पारित भएको हो ।

गृहमन्त्री रमेश लेखकले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधि सभाबाट प्राप्त विधेयक पारित गर्न प्रस्ताव पेस गरेका थिए ।

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त विधेयक सर्वसम्मतिले पारित भएको घोषणा गरेका छन् ।
राष्ट्रिय सभाबाट पारित विधेयक सन्देशसहित प्रतिनिधिसभामा पठाइनेछ ।

त्यसपछि सभामुख देवराज घिमिरेले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्