जीतपुरसिमराको प्रभात टोलमा एमालेको भेला सम्पन्न


eShilalekh

१ बैशाख २०७९, बिहीबार १५:१४

सिमरा:  स्थानिय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले कार्यकर्ता भेटघाटलाई तिब्र पारेको छ । चुनाव नकिकिएसंगै एमालेले वडास्तरका कार्यक्रमलाई प्राथमिकता दिएको हो ।

वडाको विभिन्न टोलमा केन्द्रीत एमालेले जीतपुरसिमरा २ प्रभात टोलमा भेला सम्पन्न गरेको छ । भेलाले दामोदर गौतमको अध्यक्षतामा ३५ सदस्यीय प्रभात टोल कमिटी गठन गरेको छ । गठित कमिटिको उपाध्यक्षमा निरमाया लामा, सचिवमा स्वस्थानी सुबेदी, सहसचिवमा सन्जु रेग्मी, सिताराम नेपाललगायत रहेका छन् ।

भेलामा एमाले बारा सचिवालय सदस्य मनोज पौडेल, जिल्ला सचिवालय सदस्य कमला घिमिरे, जिल्ला कमिटी सदस्य एवम् नगर अध्यक्ष भोला अधिकारी, जिल्ला सदस्य कासिम हुसेन, अमृतलाल श्रेष्ठ नगर सचिव रत्न उप्रेतीलगायतले सम्बोधन गरेका थिए । भेलामा बोल्दै एमाले नेता पौडेलले जीतपुरसिमरामा एमालेलाई बहुमतले जिताउन सके आवश्यक रहेको बताए ।

वडा कमिटी अध्यक्ष रविन्द्र खकुरेलको अध्यक्षतामा सम्पन्न भेलाको संचालन सचिव विशाल घिमिरेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्