बारा–पोखरा सम्पर्क समाजको तेस्रो अधिवेशन सम्पन्न

पोखरा: बारा–पोखरा सम्पर्क समाजको पाँचौं साधारणसभा तथा तेस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ । पोखराको फेवा रिसोर्टमा सम्पन्न अधिवेशनले दीपेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा कार्यसमिति चयन गरेको छ।
कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा राजु देवकोटा, उपाध्यक्षमा राजेन्द्र आचार्य, सचिवमा उमेशकुमार ठाकुर, कोषाध्यक्षमा वीजेन्द्र चौधरी चयन भएका छन् । यसैगरी समितिको सदस्यमा ओमनाथ तिमिल्सिना, राहुल पासवान, केशव दाहाल, दिनानाथ दवाडी, निरज जयसवाल, दन्तकुमारी कार्की, प्रियंका तिवारी र भुपेन्द्र चौधरीलाई चयन गरिएको छ ।
कार्यक्रम संस्थाका आजीवन सदस्य तथा वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा डा. शेषरमण न्यौपाने, प्रहरी निरीक्षक सुमित कुशवाहा, निर्वाचन अधिकृत उदयकान्त तिवारीलगायतको उपस्थिति रहेको थियो ।
सोही अवसरमा हरितालिका तीजको अवसर पारेर दर खाने कार्यक्रम समेत आयोजना गरिएको थियो। उक्त कार्यक्रमको संयोजन निवर्तमान कोषाध्यक्ष गंगा लामिछानेले गरेकी थिइन् ।