प्रधानाध्यापक चौधरीको निधनमा कोल्हवी नगरपालिकाले दियो शोक बिदा


eShilalekh

८ भाद्र २०८२, आईतवार १०:०६

कोल्हवी: बाराको कोल्हवी नगरपालिका ७ बेलवा धोधरपास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक रामाकान्त चौधरीको निधन भएको छ। मृगौलासम्बन्धी रोगबाट पीडित चौधरीको उपचारको क्रममा मृत्यु भएको हो।

कोल्हवी नगरपालिका ११ निवासी चौधरीको निधनप्रति कोल्हवी नगरपालिकाले दुःख व्यक्त गरेको छ। नगर प्रमुख रामप्रसाद चौधरीले जारी गरेको शोक वक्तव्यमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै परिवारजन तथा आफन्तजनप्रति समवेदना प्रकट गरिएको छ।

चौधरीकोको निधनप्रति दुःख व्यक्त गर्दै नगरपालिकाले आफू मातहत रहेको सबै विद्यालयमा एक दिन शोक बिदा दिएको छ।

प्रतिक्रिया दिनुहोस्