वीरगन्जमा लागूऔषध गाँजासहित दुई भारतीय नागरिक पक्राउ


eShilalekh

८ भाद्र २०८२, आईतवार १३:३५

सिमराः सशस्त्र प्रहरीले आइतबार नेपाल–भारत मैत्री बसबाट लागूऔषध गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत महाराष्ट्र मुम्बईका ४२ वर्षीय अनवर सलाउदिन खान र ४१ वर्षीय मोहम्मद इकवाल सैयद रहेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ जाँदै गरेको बा ५ ख १२३७ नम्बरको नेपाल–भारत मैत्री यात्रुवाहक बस जाँच गर्ने क्रममा उनीहरुको साथमा रहेको झोलाबाट ६ किलो चार सय ग्राम लागूऔषध गाँजा बरामद गरेको हो ।

दुवैजनालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय विर्ता पठाईएको सशस्त्र प्रहरी पर्साका सूचना अधिकारी डीएसपी सुरज कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्