वैष्णोदेवी दर्शन गर्न गएका वीरगन्जका एक व्यक्तिको निधन


eShilalekh

८ भाद्र २०८२, आईतवार १६:०७

वीरगन्ज: भारतको जम्मु कश्मीर राज्यस्थित रियासी जिल्लामा अवस्थित वैष्णो देवी माताको दर्शन गर्न गएका पर्सा वीरगन्जका एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका २५ का ४६ वर्षीय संजय साह तुरहा रहेका छन् ।

हृदयाघातका कारण उनको मृत्यु भएको बताइएको छ । तुरहा नेपालबाट वैष्णोदेवीको दर्शन गर्न भारत गएका थिए । मन्दिरको सिढी चढ्ने क्रममा हृदयाघात भई घटनास्थलमै उनको मृत्यु भएको नेपाल तुरहा कल्याण समिति पर्साले जनाएको छ ।

समितिले दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै गहिरो समवेदना व्यक्त गरेको छ । पारिवारिक स्रोतका अनुसार तुरहाको शव लिन आफन्तहरू भारतको जम्मु कश्मीर पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्