मधेस सरकारको गृह मन्त्रालयले सुशासन सम्मेलन आयोजना गर्ने


eShilalekh

८ भाद्र २०८२, आईतवार २०:४५

जनकपुरधामः मधेस सरकारको गृह मन्त्रालयले पारदर्शिता, जवाफदेहिता, समावेशिता र विपद पहिचान तथा व्यवस्थापनमा सुधार ल्याउने उद्देश्यले सुशासन सम्मेलन आयोजना गर्ने भएको छ । प्रदेश सरकारका प्रवक्ता एवम् गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले असोज २ र ३ गते जनकपुरमा सम्मेलनको आयोजना हुने बताएका छन् ।

मन्त्री लेखीको अध्यक्षतामा भएको तयारी बैठकमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, सरोकारवाला, साझेदारको समन्वय र सहकार्यमा सम्मेलनको तयारी अघि बढाइएको छ । बैठकमा नेपाल बौद्धिक प्रतिष्ठानका अध्यक्ष विष्णु कुवर, युनिसेफ, प्लान इन्टरनेशनल, पिपुल इन निडलगायतका संस्थाका प्रतिनिधि उपस्थित थिए।

प्रदेश सरकारले यो सम्मेलनमार्फत सुशासन प्रवर्द्धन गर्ने, नागरिकमा जिम्मेवारी र पारदर्शिता सुनिश्चित गर्ने र विपद व्यवस्थापनमा सुधार ल्याउने योजना बनाएको छ।

प्रतिक्रिया दिनुहोस्