जीतपुरसिमरा २ मा एमालेको सम्पर्क कार्यालय उद्घाटन


eShilalekh

२ बैशाख २०७९, शुक्रबार ११:२५

सिमरा: स्थानिय तहको निर्वाचनलाई लक्षित गर्दै जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २ मा नेकपा एमालेले सम्पर्क कार्यालय संचालनमा ल्याएको छ ।

चुनावी अभियानलाई प्रभावकारी बनाउन एमाले वडा कमिटीले मुसर्नीमाई टोलमा सम्पर्क कार्यालय संचालन गरेको हो । कार्यालयको नेकपा एमालेकी केन्द्रीय सदस्य एवम् बारा जिल्ला ईन्चार्ज सरस्वतीदेवी चौधरीले उद्घाटन गरेकी छिन् ।

सम्पर्क कार्यालय उद्घाटन गर्दै जीतपुरसिमरा उपमहानगरपालिकाकी उपप्रमुख समेत रहेकी चौधरीले एमालेको अभियानलाई गाँउ, टोलसम्म लैजान आवश्यक रहेको बताईन् । जीतपुसिमरा उपमहानगरपालिकामा एमालेलाई बहुमतका साथ बिजयी गराउन सके नगरको विकासलाई तिब्र गतिमा लैजान सकिने चौधरीको भनाई थियो ।

कार्यक्रममा नेकपा एमालेका मधेश प्रदेश सदस्य एवम पूर्व जिल्ला कमिटि अध्यक्ष देव नारायण चौधरी, जिल्ला सचिवालय सदस्य मनोज पौडेल, जिल्ला कमिटी सदस्य एवम् जीतपुरसिमरा नगर अध्यक्ष भोला अधिकारी, कासिम हुसेन, कमला घिमिरे, कृष्ण रिमाल, अमृतलाल श्रेष्ठ, राजेन्द्र गौतम अग्नि शर्मा, धनबहादुर श्रेष्ठ, ईश्वर थपलियालगायतको उपस्थिति रहेको थियो ।

वडा कमिटि अध्यक्ष रविन्द्र खकुरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण वडा सचिव बिशाल घिमिरेले गरेका थिए । कार्यक्रममा उपसचिव सुर्य प्रसाद पौडेलले स्वागत मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्