एमालेले जीतपुरसिमरा १४ मा महिलालाई अघि सार्ने, गुरुङ सर्वसम्मत्


eShilalekh

२ बैशाख २०७९, शुक्रबार १९:५४

सिमरा: नेकपा एमालेले जीतपुरसिमरा उपमहानगरपालिकामा वडा नं. १४ मा वडाध्यक्ष पदका लागि महिलालाई अघि सार्ने भएको छ ।

उम्मेदवार सिफारिसका लागि शुक्रवार बसेको वडा कमिटीको बैठकले चयन गुरुङलाई अघि सार्ने सर्वसम्मत् निणर्य गरेको हो । सर्वसम्मत् सिफारिस गर्ने निणर्य भएसंगै गुरुङ वडाध्यक्षको उम्मेदवार बन्ने निश्चित जस्तै भएको छ ।

वडाको अन्य चार सदस्य पदका लागि भने शनिवार निणर्य हुने भएको छ । वडा कमिटीले सिफारिस गर्ने नामका विषयमा जिल्ला कमिटीले निणर्य गर्नेछ ।

सर्वसम्मत् भएकी गुरुङ एमाले प्रदेश कमिटी सदस्य र राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको केन्द्रीय सदस्य हुन् । वडा कमिटीको भेलामा गुरुङले वडाध्यक्ष पदका लागि आकांक्षा देखाएपछि उनकै नाममा सहमती जुटेको हो ।

प्रतिक्रिया दिनुहोस्