माओवादी केन्द्र: जीतपुरसिमराको दुई वडाले गरे उम्मेदवार सिफारिस


eShilalekh

२ बैशाख २०७९, शुक्रबार २०:४१

सिमरा: नेकपा माओवादी केन्द्रको दुई वटा वडा कमिटीले उम्मेदवारको नामावली नगरमा सिफारिस गरेका छन् । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ११ र १६ को वडा कमिटीले अध्यक्षसहितको नामावली सिफारिस गरेका हुन् ।

वडामा सहमती जुट्न नसकेपछि दुवै वडा कमिटीले वडाध्यक्षमा दुई/दुई जनाको नाम सिफारिस गरेको छ । वडा नं. ११ मा विन्दालाल साह र धर्मेन्द्र चौधरीको नाम वडाध्यक्षको लागि सिफारिस भएको छ ।

यसैगरी वडा नं. १६ मा केदार बजगाई र सुन्दर सुनारको नाम सिफारिस गरेको छ । बजगाई स्थानिय तहको निर्वाचनबाट निर्वाचित वडाध्यक्ष हुन् भने सुनार कार्यपालिका सदस्य हुन् ।

माओवादी केन्द्रको नगर कमिटीका अध्यक्ष प्रेम बरालले हालसम्म दुई वडाबाट उम्मेदवारको लागि नामावली सिफारिस भएको जानकारी दिए । बैशाख ६ गतेसम्म प्राप्त नामावलीलाई नगर कमिटीले अन्तिम निर्णय गर्ने बरालले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्