नेकपा एमाले: जीतपुरसिमरा २२ मा पाँचै उम्मेदवार सर्वसम्मत्, वडाध्यक्षमा लामा


eShilalekh

२ बैशाख २०७९, शुक्रबार २१:०८

सिमरा: नेकपा एमाले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २२ ले निर्वाचनका लागि पाँच जना उम्मेदवारको नामावली सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको छ ।

कमिटीको शुक्रवार बसेको बैठकले वडाध्यक्ष पदमा दीपेन्द्र लामासहित अन्य चार सदस्यको नाम सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको हो । वडाध्यक्षका लागि सर्वसम्मत् निर्णय गरिएका लामा एमालेको वडा कमिटी अध्यक्ष समेत हुन् ।

वडा कमिटीले सिफारिस गर्ने निर्णय गरेको अन्य पदमा खुल्लातर्फ हरिबहादुर स्याङबो, अनिल कुमार वाईवा, महिला सदस्य सविता दुलाल र दलित महिला सदस्यमा मिना सुनार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्