नेकपा एमाले: निजगढ १ को वडाध्यक्ष पदमा गुरो सर्वसम्मत्


eShilalekh

३ बैशाख २०७९, शनिबार १२:०७

निजगढ: नेकपा एमालेले निजगढ नगरपालिका वडा नं. १ मा उमेश गुरोलाई वडाध्यक्ष पदको उम्मेदवार बनाउने भएको छ ।

उम्मेदवार सिफारिसका लागि बसेको वडा कमिटीको वैठकले गुरोलाई सर्वसम्मत् उम्मेदवार बनाउने निर्णय गरेको हो । गुरो एमालेको वडा कमिटी उपाध्यक्ष समेत हुन् ।

वडा कमिटी वैठकले अन्य चार खुल्ला सदस्य पदको उम्मेदवार समेत सर्वसम्म्त सिफारिस गर्ने निर्णय गरेको छ । सर्वसम्मत् हुने सदस्यहरुमा खुल्लातर्फ हिराबहादुर सापकोटा, लालबहादुर थोकर, महिला सदस्य शकुन्तला थापा र दलित महिला सदस्य उर्मिला विक रहेका छन् ।

निजगढ नगरपालिकाको १३ वटा वडामध्ये एउटा वडाबाट मात्रै सर्वसम्मत् नाम आएको र अन्य वडामा छलफल भईरहेको नगर कमिटी अध्यक्ष सुरथ पुरीले जानकारी दिए ।

निजगढ १ मा एमाले उम्मेदवार:
अध्यक्ष: उमेश गुरो
सदस्य खुल्ला: हिराबहादुर सापकोटा
सदस्य खुल्ला: लालबहादुर थोकर
महिला सदस्य: शकुन्तला थापा
दलित महिला सदस्य:  उर्मिला विक

प्रतिक्रिया दिनुहोस्