जीतपुरसिमरा २ मा माओवादी केन्द्रको सम्पर्क कार्यालय उद्घाटन


eShilalekh

३ बैशाख २०७९, शनिबार १२:३२

सिमरा: नेकपा माओवादी केन्द्रले जीतपुरसिमरा उपमहानगरपालिका वडा नंं. २ मा सम्पर्क कार्यालय उद्घाटन गरेको छ । चुनावी अभियानलाई प्रभावकारी बनाउन केन्द्रले शनिवारदेखि स्कुल रोडमा कार्यालय संचालन गरेको हो ।

सम्पर्क कार्यालयको माओवादी केन्द्र बाराका अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठले उद्घाटन गरेका छन् । सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा संविधान सभाका सदस्य जयराम दाहाल, माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य हरि चौलागाई (लालकिरण), नगर कमिटी अध्यक्ष प्रेम बराल, वडाध्यक्ष तिलकबहादुर श्रेष्ठ, कार्यपालिका सदस्य शोभा कार्की, मजदुर नेता अर्जुन चिमरिया, वडासदस्य रामचन्द्र अधिकारीलगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्