बारा प्रहरीद्वारा लाखौं मूल्य बराबरको केराउसहित पिकअप गाडी नियन्त्रणमा


eShilalekh

३० आश्विन २०८२, बिहीबार १७:४३

सिमराः बारा प्रहरीले लाखौं मूल्य बराबरको केराउसहित पिकअप गााडी नियन्त्रणमा लिएको छ ।

प्रहरीले बिल भरपाई र भंसार कागज नभएको तीन लाख ६० हजार बराबरको केराउसहित पिकअप गााडी नियन्त्रणमा लिएको हो ।

प्रहरी चौकी पथलैयाबाट प्रहरी बरिष्ठ नायब निरीक्षक बब्बी बम्जनको नेतृत्वमा खटिएको प्रहरी टोलीले पचरौताबाट नारायणघाट तर्फ जादै गरेको बा.प्र.०१–०३२ च–२९७१ नम्बरको पिकअप गाडीलाई रोकि जाचँ गर्दा उक्त केराउ बरामद भएको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले जानकारी दिए ।

पिकअप गाडी नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्