पथलैया-निजगढ सडकखण्डमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्युु


eShilalekh

२ कार्तिक २०८२, आईतवार ०९:०४

सिमरा: बाराको पथलैया-निजगढ सडकखण्डमा शनिबार राती मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको ।

मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका १५ नयाँबस्तीका २० वर्षीय साजन तामाङ रहेका छन् भने अर्का एकको पहिचान खुल्न बाँकी छ ।

पथलैयाबाट पिलुवातर्फ जाँदै गरेको ना३३प ६८५७ नम्बरको मोटरसाइकल पथलैया नजिकको ढुंग्रे पुलमा दुर्घटना भएको हो । दुर्घटनालगत्तै घाइतेलाई उपचारका लागि एलएस न्यूरो अस्पताल लगिएको थियो । घाइते दुबैको उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

मृतकको शव शल्यपरीक्षणका लागि अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्