गणतन्त्रात्मक व्यवस्था संस्थागत गरेर देशमा सुशासन कायम गरौंः मुख्यमन्त्री सोनल


eShilalekh

५ कार्तिक २०८२, बुधबार १५:२९

सिमराः मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गरेर देशमा सुशासन कायम गर्नुपर्ने बताएका छन् ।

नेपाल सम्वत् ११४६ को प्रारम्भका अवसरमा सिमरा नेवाः खलले बुधबार सिमरामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सोनलले जनताको अधिकार सम्पन्न व्यवस्थालाई संस्थागत गरेर अघि बढ्न आवश्यक गरेको बताए ।

गणतन्त्रले नेपालीलाई स्वाभिमानका साथ बाँच्न पाउँने वातावरण निर्माण गरेको भन्दै मुख्यमन्त्री सिंहले लोकतन्त्र र गणतन्त्र बाचेमा मात्रै समुन्नत नेपालको कल्पना गर्न सक्ने बताए । उनले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेर अघि बढ्न नेपाली जनताको काँधमा ठूलो जिम्मेवारी आएको समेत बताए ।

मुख्यमन्त्री सिंहले जेनजी आन्दोलनपछि देश गम्भीर अवस्थामा आएको बताउँदै उक्त आन्दोलनले उठाएको भष्ट्राचारको अन्त्य र सुशासन कायम जस्तो मागमा समर्थन रहेको बताए । उनले उक्त मागको सम्मान गर्ने बताउँदै त्यसलाई गणतन्त्रको फ्रेमभित्र राखेर अघि बढ्न जरुरी रहेको बताएका छन् ।

परिवर्तनकारी पार्टीहरुको गठनबन्धनमा मधेशमा नयाँ सरको बनेको बताउँदै मुख्यमन्त्री सिंहले जनताले पाउने सुविधा छिटो छरितो बनाउन सरकार लागिसकेको बताए । वर्तमान सरकारले भष्ट्राचारविरुद्ध शूण्य सहनशिलताको नीति लिएर अघि बढेको उनको भनाई थियो ।

यसैगरी मुख्यमन्त्री सिंहलाई बुधबार सिमरास्थित राधाकृष्ण मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिले बुधबार बधाई ज्ञापन गरेको छ । मुख्यमन्त्रीलाई सम्मान गर्दै समितिले पर्यटन प्रवद्र्धनका लागि निर्माणाधीन पार्कमा बजेट विनियोजन गर्न समेत माग गरेको थियो । मुख्यमन्त्री सिंहले जीतपुरसिमरा २ स्थित छठघाटको समेत अवलोकन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्