पथलैयाका थापा मृत फेला


eShilalekh

६ आश्विन २०८३, मंगलवार ०९:४५

सिमराः बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१ पथलैयाका ५४ वर्षीय राम थापा मृत फेला परेका छन् । पथलैयास्थित एक नम्बर पुल नजिक थापा मृत भेटिएका हुन् ।

स्थानीय जनकबहादुर थापाका छोरा रामलाई मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले थापाको शव मुचुल्का गरी सोमबार रातिनै परिवारलाई बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्