बाराका प्रमुख जिल्ला अधिकारी पौडेलको सरुवा, मिश्र आउँदै

सिमरा: बाराका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलको सरुवा भएको छ । गृह मन्त्रालयले आइतबार ३६ सहसचिवको जिम्मेवारी हेरफेर गर्ने क्रममा बाराका पौडेलको सरुवा गरेको हो ।
पौडेल भदौ पहिलो साता चितवनबाट सरुवा हुँदै बारा आएका थिए । दुई महिनामै सरुवा भएका पौडेललाई गृह मन्त्रालय अन्तर्गत भदौ २३ र २४ गते प्रदर्शनका क्रममा भएको भौतिक एवम् मानवीय क्षतिको यथार्थ छानबिन तथा जाँचबुझमा सरुवा गरिएको उल्लेख छ ।
पौडेलको स्थानमा सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र आउने भएका छन् ।





