करैयामाई मेलाको अवसरमा सार्वजनिक बिदा

सिमराः करैयामाई गाउँपालिकाले बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले कार्तिक १९ गते (बुधबार) का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
वडा नं २ करैया गाउँस्थित श्री राजदेवीमाई मन्दिर परिसरमा परम्परागत रूपमा लाग्ने मेलामा धुमधाम र हर्षोल्लासका साथ पुजा–आराधना गर्न पाउने वातावरण बनाउने उद्देश्यले बिदा दिइएको गाउँपालिका अध्यक्ष शम्भु प्रसाद यादवले सोमबार एक सूचना जारी गर्दै जनाएका छन् ।
सूचना अनुसार उक्त दिन गाउँपालिका र वडा कार्यालय, शैक्षिक संस्था, तथा बर्थिङ सेन्टर बाहेकका स्वास्थ्य संस्थाहरूमा पनि बिदा रहनेछ । अत्यावश्यक सेवा सञ्चालनमा भने कुनै अवरोध नहुने जनाइएको छ ।






