सिरहामा लागूऔषध खैरो हिरोइनसहित एक जना पक्राउ

सिरहाः सिरहा प्रहरीले मंगलबार साँझ लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २० वर्षीय रुपेश सिंह रहेका छन् ।
जिल्लाको गोलबजार नगरपालिका १० महाजन टोलमा खैरो हिरोइनसहित सिंहलाई पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालय गोलबजार र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजारको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरीलाई देखेपछि सिंह भाग्न प्रयास गरेका थिए । उनको शरीरको खानतलासी गर्दा दाहिने हातमा राखिएको सानो कालो प्लाष्टिकको पोका भित्र लागूऔषध खैरो हिरोइन फेला परेको हो ।
लागुऔषध तौल गर्दा प्लाष्टिकसहित दुई ग्राम ६४० मिलिग्राम र प्लाष्टिकबिना दुई ग्राम एक सय ३० मिलिग्राम रहेको छ ।
बरामद लागूऔषधसहित सिंहलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।





