सप्तरीमा भन्सार छली गरी ल्याइएका सामान बरामद


eShilalekh

१९ कार्तिक २०८२, बुधबार १६:४१

सप्तरीः सप्तरी प्रहरीले भारतबाट भन्सार छली गरी ल्याइएका करिब नौ लाख रुपैयाँ बराबरका सामान बरामद गरेको छ ।

प्रहरीका अनुसार विभिन्न समयमा भन्सार छली गरी ल्याइएका कपडा र किराना सामग्रीहरू बरामद गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक डम्बर बहादुर पुरीले बरामद सामानहरूको कुल मूल्य ९ लाख ४२ हजार आठ सय ८५ रुपैयाँ रहेको जानकारी दिए ।

उनका अनुसार बरामद गरिएका ती सबै सामान कारबाहीका लागि आवश्यक प्रक्रिया पूरा गरी भन्सार कार्यालयमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्