पूर्वमन्त्री किसान श्रेष्ठले तनहुँबाट बारामा सारे बसाइँसराइ र मतदाता नामावली


eShilalekh

२२ कार्तिक २०८२, शनिबार ०७:३८

सिमरा: नेकपा (एकीकृत समाजवादी) पार्टी छोड्ने घोषणा गरेका पूर्वमन्त्री किसान श्रेष्ठले बारामा बसाइँसराइ सारेका छन् । श्रेष्ठले मतदाता नामावली पनि आफू निर्वाचित क्षेत्रमै ल्याएका छन् ।

काठमाडौंमा एमाले प्रवेश गर्ने घोषणा गरेर बारा आएका श्रेष्ठले जिल्ला निर्वाचन कार्यालय पुगेर मतदाता नामावली बारा सारेका हुन् । त्यसलगत्तै उनी जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ४ को कार्यालय पुगेर बसाइँसराइ गराएका छन् ।

लामो समयदेखी जीतपुरसिमरा ४ मा बसेर राजनीति र व्यवसाय गर्दै आएका श्रेष्ठको स्थायी ठेगाना तनहुँ थियो । उनी २०७९ सालको निर्वाचनमा तनहुँको मतदाता भएपनी बाराबाट चुनाव लडेका थिए । उक्त चुनावमा उनी १० हजार मतको मतान्तरले निर्वाचित भएका थिए ।

उक्त निर्वाचनमा उनले आफैंलाई मत दिन पाएका थिएनन् । जसले गर्द उनिमाथि टुरिष्ट उम्मेदवारको आरोप समेत लाग्दै आएको थियो । अब भने उनी आफ्नै निर्वाचन क्षेत्रको बासिन्दा भएका छन् ।

अब हुने प्रतिनिधिसभा निर्वाचनमा उनी बारा ४ मा नेकपा एमालेको उम्मेदवार बन्ने सम्भावना उच्छ छ । उनले केहिदिन अघि काठमाडौंमा भएको पत्रकार सम्मेलनमा आफ्नो पुरानो घर एमाले फर्कने अभियान सुरु गरिएको बताएका थिए । त्यसलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीसंग समेत भेट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्