सिमरा खानेपानीको मतदाता ५२४५ !


eShilalekh

२३ कार्तिक २०८२, आईतवार १९:२४

सिमराः सिमरा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको मंसिर ६ गते हुने निर्वाचनमा पाँच हजार दुई सय ४५ मतदाता सहभागी हुने भएका छन् ।

निर्वाचनको तयारी गरिरहेको निर्वाचन समितिले आइतबार साँझ मतदाताको अन्तिम नामावली सार्वजनिक गरेको हो । अन्तिम नामावलीमा समेटिएका मतदातामात्रै निर्वाचनमा सहभागी हुन पाउने प्रमुख निर्वाचन अधिकृत शालिकराम अधिकारीले जानकारी दिएका छन् ।

निर्वाचनका लागि कार्तिक २५ गते उम्मेदवारी मनोनयन हुनेछ । निर्वाचन समितिका अनुसार कार्तिक २५ गते बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारी दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्