एमाले फर्किए किसान श्रेष्ठ, बोके पार्टीको झण्डा


eShilalekh

२४ कार्तिक २०८२, सोमबार १७:०३

सिमराः पूर्वमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका नेता कृष्णकुमार श्रेष्ठ (किसान) नेकपा एमालेमा फर्किएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच श्रेष्ठ एमालेमा फर्किएका हुन् ।

उनी चार वर्षअघि एमाले छोडेर माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा गएका थिए । चार वर्ष अघि नेता नेपाललाई रोजेका श्रेष्ठले यसपटक भने उनको साथ छोडेका छन् । नेता श्रेष्ठले केही दिन अघि काठमाडौंमा पत्रकार सम्मेलन गरेर आफ्नो पुरानो घर एमाले फर्कने अभियान सुरु गरेको घोषणा गरेका थिए ।

श्रेष्ठसंगै पूर्वमन्त्री रामकुमारी झाक्रीसहित समाजवादीका सयौं नेताकार्यकर्ता एकसाथ एमाले फर्किएका छन् । श्रेष्ठ र झाक्रीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा दिएर स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्